कोराना नियन्त्रणको सरकारी निर्णय: २५ जनाभन्दा बढी भेला हुन नपाइने, फिल्महल बैशाख ६ सम्म बन्द
काठमाडौं । सरकारले २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको कोरोना नियन्त्रणका लागि बसेको उच्चस्तरिय समितिको बैठकले चैत १८ गतेसम्मको लागि फिल्महल,जिम,स्वीमिङ पुल बन्द गर्ने निर्णय गरेको हो ।
यसको अनुगमन समेत गरिने निर्णय बैठकले गरेको छ । बैठकले सांस्कृतिक संस्थाहरु मन्दिर,गुम्बा,मस्जिद,चर्चमा समेत २५ जनाभन्दा बढी भेला नहुँनको लागि आह्वान गरेको छ ।