कामू गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीलाई



काठमाडौं । सरकारले कामू गभर्नरको जिम्मेवारी चिन्तामणि शिवाकोटीलाई दिएको छ । बुधबारदेखि गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि अर्थमन्त्रालयले शिवाकोटीलाई कामू गभर्नरको जिम्मेवारी दिएको हो ।

गभर्नर नियुक्ती एक महिना अघि नै हुनुपर्ने कानूनी प्रावधान भए पनि नियुक्ती हुन नसक्दा शिवाकोटीले जिम्मेवारी पाएका हुन् । मंगलबार पत्र पठाउँदै शिवाकोटीलाई उक्त जिम्मेवारी दिइएको हो ।

गभर्नर सिफारिस गर्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएका कारण गभर्नर नियुक्तीका लागि सिफारिस हुन सकेको थिएन ।


क्लिकमान्डु