गल्ती गर्नेलाई नमस्कार गर्दै कारबाही गर्ने ट्राफिक प्रहरीको नयाँ शैली
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई सम्मानका साथ ‘नमस्कार’ गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेकोछ।
सम्मान गरेनाले एकआपसमा सद्भाव बढ्ने र सवारी नियम उल्लंघन गर्नेले हिनताबोध गर्ने ट्राफिक महाशाखाको ठहर छ । ट्राफिक नियम उल्लंघन गर्ने चालक रसहचालकलाई चिट काटेर सिठ्ठी फुकेर लखेट्ने प्रवृत्ति अब देख्न नपाइने ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।
‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एकआपसमा आत्मीयता र सम्मान समेत प्रकटहोस् भनेर नमस्कार सुरूवात गरका हौं’, ढकालले भने ।
‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा सद्भाव बढ्नेछ,’ उनले भने । यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेकोउनको भनाइ छ ।
‘गल्ती रियलाइज होस्, अब गल्ती गर्न हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान सुरु गरेका हौं,’ महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले भने, ‘यसलेसवारी चालक र ट्राफिक प्रहरीबीच एकआपसमा सद्भाव बढ्नुको साथै चालकलाई स्व–अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।’