ब्याजदर शुन्यमा झार्ने अमेरिकी फेडरल रिजर्भ बैंकको घोषणा



कोरोना भाइरसका कारण प्रभावित अर्थतन्त्रलाई बचाउनका लागि विश्वभरका केन्द्रीय बैंकले अग्रसरता देखाएका छन् ।

जसमा अमेरिकाको फेडरल रिजर्भ बैंक (फेड)ले बेञ्चमार्क ब्याजदर ० देखि ०.२५ प्रतिशतमा झारेको छ । यो पहिले १ प्रतिशतदेखि २.५ प्रतिशतसम्म थियो । अमेरिकाको केन्द्रीय बैंकले ब्याजदरमा एक प्रतिशतको कटौती गरेको हो । यसअघि मार्च महिनामै ब्याजदरमा ०.५ प्रतिशतले कटौती गरिएको थियो ।

त्यसका लागि फेडले अमेरिकाको अर्थव्यवस्थामा ७०० अर्ब अमेरिकी डलर खरिद गर्ने समेत फैसला गरेको छ । उसले ५०० अर्ब डलर र २०० अर्ब डलरको सरकारी बन्ड खरिद गर्ने घोषणा गरेको हो ।

साथै न्यूजिल्याण्डको केन्द्रीय बैंकले पनि आपतकालीन बैठकपछि सोमबार ब्याजदरमा ७५ बेसिस प्वाइन्टको कटौती गरेको छ ।

यूएईको केन्द्रीय बैंकले २७ अर्ब डलरको राहत प्याकेजको समेत घोषणा गरेको छ । यसअघि संयुक्त अरब इमिरेट्स (यूएई)को केन्द्रीय बैंकले आइतबार अर्थव्यवस्थामा बचाउनका लागि २७ अर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो ।

यस अन्तर्गत यूएईका बैंकलाई सहयोग गरिनेछ साथै विभिन्न नियामकीय सीमा पनि खुकुलो बनाइनेछ । मध्यपूर्वका लगभग सबै देशले आफ्नो अर्थव्यवस्थालाई तीव्रता दिने बाचा समेत गरिसकेका छन् ।

त्यस्तै, साउदी अरबले छुट्टै १३ अर्ब अमेरिकी डलरको राहत प्याकेज घोषणा गरिसकेको छ । साथै भारतीय रिजर्भ बैंकले भारु कमजोर हुन नदिन १.५ अर्ब डलर बिक्री गरेको छ । यद्यपि आरबीआईले यसको पुष्टि भने गरिसकेको छैन ।– एजेन्सी


क्लिकमान्डु