कोरोनाविरुद्ध लड्न भारतले १ अर्ब सहयोग गर्ने



काठमाडौं । कोरोना भाइरस विरुद्ध लड्न भारतले १ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

आइतबार साँझ राष्ट्र सार्कका प्रमुखहरुबीच भएको भिडियो कन्फरेन्समार्फत् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरद्ध लड्नका लागि कोष स्थापनाका लागि १ अर्ब रुपैयाँ सहयोग गर्ने बताए ।

‘कोरोना भाइरविरुद्ध लड्नका लागि ‘कोभिड–१९ इमर्जेन्सी फन्ड’मा भारतले शुरुवाती चरणमा १० मिलियन अमेरिकी डलर जम्मा गरेको छ, कोषमा अन्य देशले इच्छा अनुसार सहयोग गर्न सक्छन,’ उनले भने ।

यसका लागि भारतीय परराष्ट्र सचिवले दूतावासमार्फत् कोअर्डिनेट गर्ने समेत उनले जानकारी दिए । उनले यसविरुद्ध लड्नका लागि डाक्टर तथा विशेषज्ञसहित स्वास्थ्य किट पनि तयार रहेको बताए ।

उनले आवश्यकताका आधारमा जुनसुकै देशमा पनि सहयोग गर्न सकिने बताए । मोदीले कोरोना भाइरस संक्रमित मानिसको पहिचान गर्न र यसको न्यूनीकरण र रोकथामका लागि पनि भारत तयार रहेको बताए ।


क्लिकमान्डु