कोरोना भाइरसविरुद्ध साझा रणनीति तयार गर्न सार्क राष्ट्रबीच भिडियो कन्फरेन्स शुरू



काठमाडौं । कोरनो भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि सार्क राष्ट्रका प्रमुखहरुले भिडियो कन्फरेन्स शुरु गरेका छन् ।

आइतबार साँझ सवा ५ बजे सार्क राष्ट्र प्रमुखहरुले भिडियो कन्फरेन्स गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छलफलका लागि पहल गरका हुन्।

कोरोना भाइरस विरुद्ध साझा रणनीति तयार गर्न र आफ्ना बिचार राख्नका लागि भिडियो कन्फरेन्स गरिएको हो ।

भिडियो कन्फरेन्समा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रमा १ सयभन्दा पनि कम संक्रमित देखिएको बताउँदै चनाखो हुनुपर्नेमा जोड दिए ।

उनले सार्क राष्ट्रहरु कोरोना भाइरसका विरुद्ध एकसाथ मिलेर सँगै काम गर्नुपर्ने बताए । उनले सबै राष्ट्रहरु एकजुट हुनुपर्ने बताए ।

‘समस्यालाई नजरअन्दाज गरेर होइन, यसका लागि तयारीका साथ प्रभावकारी रुपमा काम गर्नुपर्नेछ’, उनले भने ‘यसका लागि भारतमा आउने यात्रुहरुको स्क्रिनिङ गरिरहेका छौं ।’

यसका साथै आममानिसमा पनि जनचेतना जगाउनु पर्ने बताए । उनले हालसम्म भारतले १४ सयभन्दा बढी भारतीय नागरिक र छिमेकी मुलुकका नागरिकलाई पनि उद्दार गरेको जानकारी दिए ।


क्लिकमान्डु