कोरोना रोकथाम बैठकः प्रदेशमा भौतिक पूर्वाधारदेखि ल्याबसम्मको समस्या



काठमाडौं । नोभल कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै प्रदेशमा भौतिक पूर्वाधार खरिदमा समस्या देखिएको छ ।

आइतबार नोभल कोरोना रोकथाम तथा नियन्त्रणका लागि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकमा प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीहरुले बताएका छन् ।

बैठकमा उनीहरुले आवश्यक भौतिक पूर्वाधार खरिद गर्नुपर्ने भएपनि त्यसको लागि सार्वजनिक खरिद प्रकृयाले समस्या पार्ने तर्फ संकेत गरेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सञ्चार सहयोगी लोकेन्द्र केसीका अनुसार बैठकमा सामाजिक विकास मन्त्रीहरुले बिरामीको उपचारको लागि अति आवश्यक ल्याब भएको र त्यसको परीक्षणको लागि काठमाडौं नै आउनु पर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

उनीहरुले अब हरेक प्रदेशमा ल्याब बनाउन समेत माग गरेका छन् । बैठकमा उनीहरुले कर्मचारी स्थानीय तहमा नजाँदा काम गर्न समस्या भएको तर्क गरेका छन् ।

कुनै व्यक्तिमा फरक खालको समस्या देखिएको खण्डमा उनीहरुको स्वास्थ्य परीक्षणमा स्वास्थ्य कर्मीले धेरै चासोको विषयमा नहेरेको गुनासो गरेका छन् ।

बैठकमा प्रदेश स्तरमा गर्नुपर्ने तयारीको विषयमा प्रदेश स्तरिय समन्वय समितिले नै बनाएको २१ बुँदे काम कार्यान्वयन भए नभएको बारेमा सामाजिक विकास मन्त्रीले जानकारी गराएका थिए ।

बैठकमा सबै प्रदेशको तयारी र उनीहरुले संघीय सरकारलाई सुझाव दिएर, त्यसको लागि संघीय सरकारलाई सुझाव समेत दिएका छन् ।

बैठकमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले सबैको समस्या समाधानका लागि सरकारले काम गर्ने बताएका छन् । उनले ठोस योजना बनाएर सरकारले काम गर्ने ठोकुवा गरेका छन् ।

उक्त बैठकमा संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रदेश सरकार र स्थानीय तहसग छलफल भएको छ । छलफलका क्रममा प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, स्यानीय विकास महासंघ, गाविस महासंघ, जिल्ला समयन्वय समिति महासंघका प्रतिनिधिसँग छलफल भएको हो ।

छलफलका क्रममा स्थानीय तह प्रदेश र संघबीच कोरोनाको संत्रास रोक्नको लागि समान तयारीमा कसरी लाग्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको थियो ।


क्लिकमान्डु