फेकनको नयाँ नेतृत्वका लागि ३ जनाको दाबी, को-को छन् दाबेदार ?



काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)को नयाँ नेतृत्वको लागि ३ जनाले दाबेदारी प्रस्तुत गरेका छन् ।

शैक्षिक परामर्श क्षेत्रमा सक्रिय संघका रुपमा रहेको फेकनको नयाँ अध्यक्षका लागि वर्तमान प्रथम उपाध्यक्ष गीता रिजा, महासचिव भुपाल तामाङ र पूर्व उपाध्यक्ष बासु नेपाल देखिाएका छन् ।

आगामी चैत २९ गने हुने तय भएको निर्वाचनका लागि तीन जना नै आफ्नो प्यानल बनाएर भिड्ने तयारी गरेका छन् । हाल उनीहरुले आफ्ना सदस्यबीच लविङ शुरु गरिसकेका छन् ।

प्रथम उपाध्यक्ष रिजालले पहिलो पटक महिलाले नेतृत्व लिन खोजेको र आफू लामो समय संस्थामा काम गरेका अनुभव पनि संगालेकाले नयाँ नेतृत्व लिन चाहेको बताइन् ।

यसअघि २ वटा कार्यकालमा संस्थामा बसेर जिम्मेवारी पूरा गरिसकेकी रिजालले शिक्षा मन्त्रालयमा समेत समन्वय समितिमा बसेर काम गरिरहेको जहिले पनि खबरदारीका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । साथै, शैक्षिक परामर्श क्षेत्रमा सक्रिय अन्य संस्थाहरु इक्यान, आइरिनसँग पनि कार्यगत एकता गरी फेकनलाई अगाडि बढाउने योजनामा छिन् ।

अध्यक्षका अर्को उम्मेदवार तामाङ वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारी निर्वाह गरिरहेका छन् । उनले फेकनलाई एकढिक्का बनाएर लैजान आफूले उम्मेदवारी दिने बताउँदै आएका छन् ।

साथै पूर्व उपाध्यक्ष नेपालले वर्तमान कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै अध्यक्षमा आफ्नो दाबेदाबी प्रस्तुत गरेका छन् । निर्वाचन नजिकिँदै गर्दा तीन जना नै उम्मेदवारहरु सक्रिय भइसकेका छन् ।


क्लिकमान्डु