कोरोना भाइरसको जोखिमले मर्का परेको भन्दै घरभाडामा ५० प्रतिशत छुटको माग
काठामाडौं । घरबहाल सरोकार महासंघ नेपालले घर भाडामा तत्काल ५० प्रतिशत छुट गराउनको लागि सरकारले वातावरण बनाउनुपर्ने माग गरेको छ ।
विश्व स्वास्थ्य संगठनले कोराना भाइरसका कारण विश्वभरी नै स्वास्थ्य संकटकालको घोषणा गरेकोले नेपाललाई पनि यसको उच्च जोखिममा राखेकोले आफूहरुकोमाग पूरा गराउन सरकारले तत्काल कदम चाल्नुपर्ने महासंघको भनाइ छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले यस्तो माग गरेको हो ।
कोरोनाका कारण नेपालमा समेत असर परेको उल्लेख गर्दै महासंघले घरबहालमा बस्नेहरुलाई झनै बढी प्रभाव परेको ठहर गरेको छ ।
महासंघले कोरोनाका सन्त्रासका कारण बजार मूल्यबृद्वि आकाशिएको, कालोबजारी मौलाएको र व्यापार तथा व्यवसायमा समेत ठूलो असर परेको उल्लेख गर्दै घरबहालमा बस्नेहरु झनै पीडित भएको निश्कर्ष निकालेको छ ।
अहिलेको अवस्था र आफूहरुले उठाएका जायज मागको सवालमा सरकार गम्भीर हुनुपर्ने पनि महासंघको भनाइ छ ।
घर बहालमा ५० प्रतिशत छुट दिलाउनको लागि सरकारले आवश्यक कदम नचाले र आफूहरुलाई छुट नदिलाए आन्दोलनमा जानेसमेत घरबहाल सरोकार महासंघनेपालले चेतावनी दिएको छ । घरभाडामा ब्रम्हलुट भएको पनि महासंघको दाबी छ ।
महासंघले कोरोना भाइरसको सन्त्रासबीच घरभाडा न्यूनीकरण गराउन र व्यवसायिक रूपमा कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यतिमात्रै नभएर महासंघले कानुन संशोधन गरेर भएपनि घरभाडा नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ ।
कार्यक्रममा घरबहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यवसाय र घरबहालमादेखापरेका समस्याप्रति सरकारलाई गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् ।
‘कोरोना भाइरसको सन्त्रासले आम नेपाली जनताले अहिले भीषण परिस्थिती सामना गरिरहेका छन्,’ उनले भने ।
सरकार र सरोकारवाला एकजुट भएर घरभाडा नियन्त्रण गर्नुपर्ने आवश्यकत्ता औंलयाउँदै उनले यसको लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे ।
घरबहालमा बस्ने सम्पूर्ण नागरिक नेपालकै अभिन्न अंग रहेको बताउँदै उनले ७० प्रतिशत नेपालीहरु बहालमा बस्दै आएको तथ्यांकसमेत पेश गरे । ती सबैबहालवालाहरुको समस्या सरकारले बुझिदिनुपर्ने उनको तर्क छ।
‘बढि बहाल (पैसा) दिन्छु भन्दै हालै चिनियाँ नागरिकहरु घर प्रवेश गरी अपराधिक गतिविधिमा संलग्न भएको हामीले देखेका छौं, त्यसैले घरधनी समेत सचेत हुनआवश्यक छ,’ उनले थपे ।
सम्पूर्ण घरधनीलाई बहालमा बस्न आउने व्यक्तिको बारेमा बुझेर बहाल दिन पनि उनले आग्रह गरे । घरबहाल ऐन तत्काल संशोधन गर्न अध्यक्ष खनालको माग छ । ।
‘अहिले कोरोनाको नाममा आतंक सिर्जना गरेर कालोबजारी भइरहेको छ, यसप्रति सरकार गम्भिर हुनुपर्छ,’ उनले भने, ‘आम उपभोक्ताहरु अहिले यो भाइरसकोनाममा ठगीमा परिरहेका छन, यसबारेमा अनुगमनगरी उपभोक्ताहरुलाई सहज रुपमा अत्यावश्यक सामाग्री प्रदान गराउनुपर्छ ।’
जग्गा रेजिस्ट्रशन गर्दा जथाभावी पैसा लिने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ र राज्यले यसप्रतिको कानून बनाउन आवश्यक रहेको पनि उनलेटिप्पणी गरे ।
उनले सरकारले विभिन्न विषयमा कर बृद्धि गर्दै आएको र उक्त कदमलाई मोनोपोलीको संज्ञा दिए ।
‘मोनोपोलीको हिसाबले कर निर्धारण गरिउको छ, यो कदममा रोक लगाउनुपर्छ र वैज्ञानिक कर प्रणालीको व्यवस्था गर्नको लागि पनि म सरकारको ध्यानाकर्षणगराउँछु,’ उनले भने ।
‘इन्जिनियरलाई काउन्सिलबाट प्रमाणपत्र दिएजस्तै घर व्यवसायीवालालार्ई समेत प्रमाणपत्र दिन आवश्यक छ,’ उनले भने ।
घरबहाललाई राष्ट्रिय नीति बनाउन आवश्यक रहेको उनको जोड थियो । साथै, घरबहालमा रहेकाहरुको समेत हकअधिकार सुनिश्चित गर्न जरुरी रहेको उनको भनाइछ ।