अमेरिकामा राष्ट्रिय संकटकाल, बच्यो सेयर बजार



बाल्टिमोर । कोराना भाइरसको कारण अमेरिका आक्रान्त बनेपछि शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका छन् ।

संकटकालको घोषणा ट्रम्पले गर्दै रोकथामको र राहतका लागि विभिन्न योजना ल्याएका छन् ।

शुक्रबार विभिन्न सरोकारवालाका साथ राष्ट्रपति भवन ह्वाईट हाउसबाट ट्रम्पले राष्टिय संकटकालको घोषणा गर्दै ५० विलियन डलरको सहयोगको घोषणा समेत गरे ।

ट्रम्पले विपद व्यवस्थापनको लागि आइपर्ने सबै बाधा फुकाउनको लागि संकटकाल लगाउनु परेको बताउँदै अब अमेरिकी जनाको सुरक्षाको लागि आवश्यक पर्ने सबै उपाय अबलम्बन गर्न बाटो खुला गरेको बताए ।

उनले स्वास्थ्य तथा मानव विभाग प्रमुख(सेक्रेटरी)को अधिकार समेत बढाएर कोरोना रोकथामको लागि असीमित अधिकार प्रदान गरेका छन् ।

राष्ट्रिय संकटकालको घोषणा गर्दै ट्रम्पले कोरोना भाइरसको परीक्षण लागि थप सहज बनाएको बताएका छन ।

‘अब शंका लाग्ने सबै अमेरिकीले सजिल्यै भाइरसको परिक्षण गराउन सक्नेछन्,’ उनले भने ‘आवश्यक परे ड्राईभ थ्रु (सवारी साधनबाट आवश्यक काम गर्ने बाटो) बाटै पनि कोरोनाको परिक्षण गराउन सकिने व्यवस्था गरिएको छ ।’

उनले कोरोनाको उपचारको लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

‘मैले आफ्नो र मेरो नेतृत्वको टिमले पुरै अधिकार प्रयोग गर्नकै लागि आपतकालको घोषणा गरेको छु’ उनले भने ‘अब अमेरिकी जनताको स्वाथ्य सुरक्षाकाको लागि सम्पुर्ण मार्ग खुल्ला भएको छ ।’

उनले संकटकाल घोषणामा सम्बन्धित निकायका विभिन्न व्यक्तिहरुलाई बोलाएर प्रतिबद्धता मागेका थिए । जसमा सिभिएस फार्मेसी, बालमार्टलगायतका कम्पनीका प्रमुखहरु सहभागि थिए ।

अमेरिकाको ५० राज्यमा कोरोना
शुक्रबारसम्म अमेरिकाको एक राज्य बाहेक सम्पूर्ण राज्यमा कोरोना भाइरसका विरामी फेला परेका छन् । हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमध्ये सबैभन्दा धेरै वासिंटन राज्यका रहेका छन । जसमा ३७ जनाको शुक्रबारसाँझसम्ममा मृत्यु भएको छ भने अमेरिकाभरबाट २ हजार २ सय ४ जना संक्रमितहरु फेला परेका छन् ।

न्युओर्कमा मात्रै करिब ५ सय कोरोना भाइरस संक्रमित फेला परेका छन ।

शुक्रबार पुर्टो रिको आल्याण्डमा समेत कोरोना संक्रमित ३ विरामी भेटिएपछि अब अमेरिकाको वेस्ट भर्जिनिया राज्य मात्रै कारोना भाइरस फेला नपरेको राज्यको रुपमा रहेको छ ।

मध्य अमेरिकामा पर्ने यो राज्यमा समेत कोरोना संक्रमित नभेटिने संभावना भने कम रहेको छ ।

सेयर बजारमा ‘संकट’को खुराक
शुक्रबार अमेरिकाको राजधानी वासिंटन डिसीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसविरुद्ध लड्नको लागि संकटकालको घोषणा गर्दै गर्दा उता सेयर कारोबार भइरहेको न्यूयोर्क स्टक एक्सचेन्जमा भने विहीबारको संकट विर्साउने गरी कारोबार भएको छ ।

यो हप्ता कारोबार सुरु भएको सोमबारदेखि तलमाथी भइरहेको न्यूर्योक स्टक एक्सचेन्जमा बिहीबार कहालीलाग्दो गरी गिरावट आएको थियो । कारोबार अन्तिम दिन शुक्रबार भने सुधार आएको छ तर साताव्यापी रुपमा स्टक बजारमा नोक्सानी कायम छ ।

डाओ जोनको कारोबार मान पर्ने सुचकमा शुक्रबार ९ दशमलब ४ प्रतिशतको सुधार आयो भने एस एण्ड पीमा पनि ९ दशमलव ३ प्रतिशतको सुधार आएको छ ।

यस अगाडि बिहीबार दुबै परिसूचकमा १० प्रतिशतको गिरावट आएको थियो ।

बजारलाई बचाउन बिहीबारै न्युर्योक फेडरल बैकले १.५ ट्रिलियनको राहतको घोषणा गरेको थियो । शुक्रबार ट्रम्पले देशमा संकटकाल लगाएपछि भने लगानीकर्ताहरुमा केही आसा पलाएको देखिएको


क्लिकमान्डु