प्रधानमन्त्री ओली अस्पतालबाट आज डिस्चार्ज हुँदै
काठमाडौं । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिने भएको छ । त्रिभुवन शिक्षण अस्पतालका कार्यकारी निर्देशक तथा प्रा. डा. प्रेमकृष्ण खड्काले जारी गरेको सूचनामा शुक्रबार साँझ उनलाई डिस्चार्ज गरिने भएको हो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागिएको हो । उनलाई गत फागुन १९ गते अस्पताल भर्ना गरी २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीलाई मिर्गौला दान गर्ने भाञ्जी यसअघि नै डिस्चार्ज भइसकेकि छन् ।