गृहणीदेखि सेयर बजारकी खेलाडीसम्म, यस्तो छ डोली खन्नाको सफलताको कथा



भारतीय सेयर बजारमा सफलतम व्यक्तिको नाम लिँदा गृहणीदेखि सफल सेयर बजारकी खेलाडी बनेकी डोली खन्नाको नाम चर्चित छ ।

जसलाई दलाल स्ट्रिटमा लेडी विथ मिडास टचका नामले पनि चिनिन्छ ।

डोली खन्नाको शुरुवाती परिचय होममेकरका रुपमा थियो । उनको पोर्टफोलियो पति राजिव खन्नाले व्यवस्थापन गर्दथे ।

चेन्नई निवासी यी दम्पत्तिले सेयर बजारमा छुट्टै छाप छाड्न सफल भएका छन् ।

पति राजिव खन्नाले सन् १९६८ मा मद्रासबाट केमिकल इन्जिनियरिङमा डिग्री हासिल गरेका थिए । त्यसपछि उनले जगतजित इन्ड्रस्टीमा जागिर गरे । तर पछि आईसीआईएस लिमिटेड कम्पनीमा एक्सपोसिभ विभागमा काम पनि गरे ।

तर उनले व्यवसाय गर्न चाहन्थे, त्यसैले उनले जागिर छाडेर व्यवसाय शुरु गर्न थाले । व्यवसायमा उनलाई विस्तारै विस्तारै सफलता मिल्न थाल्यो ।

सन् १९९५ मा उनको क्वालिटी आइसक्रिम बिजनेश तत्कालिन हिन्दुस्तान लिभरले खरिद गर्यो । र, सन् १९९६ देखि उनी स्कट बजारमा लगानी गर्न शुरु गरे ।

साथै उनले मिल्क एन्ड मिल्ड प्रडक्टको बिजनेशन पनि चलाउँदै आएका थिए ।

सेयर बजारमा लगानी शुरु गरेपनि शुरुवाती ७÷८ वर्षसम्म उनलाई संघर्ष गर्नुपर्यो । शुरुवाती केही वर्ष उनले आफ्नो लगानीको दक्षता विकास गर्न मात्रै खर्चिए ।

यस अवधिमा उनबाट केही गल्तीहरु भए । जसका कारणले उनले घाटा पनि बेहोर्नु पर्यो । जसबाट उनले सिक्दै गए र लगानी गर्ने क्षमता विकास गर्दै लगे ।

शुरुवातमा उनले केही आईटी कम्पनीमा लगानी गरेका थिए । तर डट कम बबलमा उनको लगानी डुब्यो । युनिटेक र हकिंग्स कुकर उनको शुरुवाती सफल भएका लगानी रहे ।

युनिकेटमा उनले गरेको लगानीको पनि रामाइलो कथा छ । जब सन् २००३ मा उनले दिल्लीमा फ्ल्याट खरिद गर्दै थिए त्यो बेलामा लगानी गरेका थिए । युनिकेट रियल स्टेट कम्पनी थियो ।

उनले कम्पनीका बारेमा राम्रोसँग बुझे र लगानी गर्न शुरु गरे । युनिकेटमा भएको लगानीले उनले करिब २५ हजार प्रतिशत बढी रिटर्न पाएकी थिए ।

यी खन्ना दम्पत्तिले प्रसिद्ध फन्ड म्यानेजर र लगानीकर्ता पिटर लिन्चको सिद्दान्तलाई अपनाउन थाले । जुन सामानहरु दैनिक जीवनमा प्रयोग गरिन्छ वा ती कुराहरु दैनिक जीवनमा नजरमा आउँछन ती सामानलाई उनले लगानीकर्ताको आँखाले हेर्नछन् ।

यदी कुनै प्रडक्ट उनलाई मनपर्छ, ती प्रक्डटका बारेमा विस्तृतमा अध्ययन गर्छन् र लगानीको सम्भावना खोज्छन् ।

जस्तै जब उनले मिल्ड प्रडक्टका लागि बोतल उत्पादक कम्पनी खोजिरहेका थिए । तब उनले मञ्जुश्री टेक्नोप्याकेज कम्पनीका बारेमा जानकारी हासिल गरे । पछि उनले लामो अध्ययनपछि लगानी गरेका थिए ।

त्यसैगरी जब उनकी छोरीले फेमकेयरको कस्मेटिक प्रडक्ट प्रयोग गर्न थालिन । उनलाई फेमकेयर कम्पनीको बारेमा जानकारी मिल्यो । र, लगानी गरिन् । उक्त कम्पनीबाट उनलाई १० गुणा बढी रिर्टन मिल्यो । यसै गरी अन्य राम्रा बिजनेश खोज्दै लगानी गर्न थाले ।

उनले कुनै पनि कम्पनीमा लगानी गर्नुपूर्व उक्त कम्पनीको ग्रोथ एनलाइसिस गर्छन् । उनको धेरै जसो लगानी स्माल कपर, माइक्रो कपर कम्पनीमा छ । अर्थात् छोटो कम्पनीमा छ । कम्पनीमा लगानी गरेपछि केही समय धैर्य गर्छन र राम्रो समय आएपछि रिर्टन लिने उनको सिद्दान्त हो ।

डोली खन्ना ठीक समयमा स्टकबाट बाहिर निस्के मानिसका रुपमा पनि परिचित छिन । युनिटेककै कुरा गर्दा उनको लगानी रहँदासम्म कम्पनीको ग्रोथ निकै राम्रो थियो । र, कम्पनी भारतको सबैभन्दा ठूलो रियल स्टेट कम्पनी बन्न सफल भएको थियो ।

तर जब सन् २००८ मा कम्पनीको ग्रोथ घट्न थाल्यो, त्यसको केही समय अगाडि नै उनले २५ हजारभन्दा बढी प्रतिशत रिर्टन लिइसकेका थिए ।

उनले कुनै पनि कम्पनीमा लगानी गर्नु भनेको उक्त सम्पूर्ण बिजनेश खरिद गर्ने हो भन्ने तरिकाले सोच राख्थिन । उनीमा बिजनेशको अनुभव भएकाले पनि बिजनेशका अनेकन रुपहरु अध्ययन गर्न सक्ने भएकाले नै उनको सफलताको सबैभन्दा बलियो अस्त्र थियो ।

उनले सेयर बजारमा लगानी गर्दा कति अनुशासित हुनुपर्छ र कति महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझ्नु पर्ने उनको सिद्दान्त छ । यसका लागि केही समय लाग्ने उनको भनाइ छ ।

डोली खन्नाले जब सेयर बजारमा लगानी शुरु गरिन तब उनको उमेर ५० वर्ष आसपास थियो । आज उनको पोर्टपोलियोको भ्यालु १ हजार करोड भारुभन्दा पनि बढी छ । अहिले उनी ७० वर्ष पुगिसकेका छन् र पनि सक्रिय रुपमा सेयर बजारमा लगानी गरिरहेका छन् ।

उनीहरुले निलकमल नामक फर्निचर कम्पनीबाट ९०० प्रतिशत बढी रिर्टन पाएका थिए । यसका साथै उनीहरुले रेइन इन्ड्रस्टी, थिरुमली केमिकल, आरएस सफ्टवेयर र अवन्ती फिड्स जस्ता कम्पनीबाट पनि राम्रो रिर्टन पाएका थिए ।


क्लिकमान्डु