प्राइम बैंकले कैलाशलाई गाभेर सुरु गर्यो एकीकृत कारोबार



काठमाडौं । प्राइम बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई एक्वाएर गरेर एकीकृत कारोबार सुरु गरेकको छ । बिहीबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्राइम बैंकले एकीकृत कारोबारको सुरुवात गरेको हो ।

कैलाश र प्राइममा गाभिएपछि अब शाखा संख्या २ सय पुगेको छ । चुक्ता पूँजी करिब १४ अर्ब सहित पूँजीकोष १९ अर्ब रुपैयाँको हुने छ ।

गत असार २० गते यी दुई बैंकबीच एक्विजिशन सम्झौता भइसकेको छ । उक्त अनुमतिपछि बिहीबारबाट एकिकृत कारोबार हुन लागेको हो ।

कैलाश विकास बैंक प्राइममा जानु अघि मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्सलाई गाभेको थियो । त्यसपछि अहिले आफै प्राइममा बिलय भएको छ ।

निक्षेप संकलन १ खर्ब ३० अर्ब, कर्जा लगानी १ खर्ब १५ अर्ब, कुल शाखा संख्या १९९र १ हजार ५०० बढी कर्मचारी पुगेका छन्।

बैंकको अध्यक्षमा प्राइम बैंकका राजेन्द्रदास श्रेष्ठ हुने छन् भने प्रमुख कार्यकारी अधिकृतमा नारायणदास मानन्धर नै हुने छन् ।


क्लिकमान्डु