बीमा सम्बन्धी विधेयक छलफलमा अर्थमन्त्री र सुवालबीच सवाल-जवाफ



काठमाडौ । बीमा सम्बन्धि कानूनलाई संशोधन तथा एकीकरण गर्ने बनेको विधेयकमा अर्थमन्त्री डा. युवराज खतिवडा र सांसद प्रेम सुवालबीच व्यवसाय भन्ने शब्दमा निकै बहस भएको छ ।

अर्थसमितिको बैठकमा सांसद सुवालले बीमा ब्यवसाय हुन नसक्ने र यो केवल सेवा मात्रै भएको भन्दै यो शब्द नै खारेज गर्न आग्रह गरे । तर अर्थमन्त्रीले त्यसलाई मानेनन् ।

यस्तो थियो सवाल–जवाफ
सुवाल– बीमा व्यवसाय होइन, सेवा हो, ऐनको प्रस्तावनामा लेखिएको व्यवसाय भन्ने शब्द हटाउनुपर्छ । बीमा ब्यवसाय हुन सक्दैन । यसले के उत्पादन गर्छ र व्यवसाय भन्ने ?

मन्त्री खतिवडा– यो सेवा व्यवसाय हो ।

अर्थसमिति सभापति कृष्णप्रसाद दाहाल– होइन यो सेवा सहितको व्यवसाय हो नि ।

मन्त्री खतिवडा– यो विषय सरकारको तर्फबाट संशोधन हुँदैन ।

सुवाल– यसरी पेलेर कानून नल्याइयोस ।

मन्त्री– यो सेवासहितको व्यवसाय भएकाले यहि नै हुन्छ ।

सुवाल– यो व्यवसाय भन्ने शब्द राख्नेलाई बोलाएर पीएचडीको उपाधि दिऊ । यो शब्द मिल्दैन । यो शब्दमा अर्थशास्त्री बोलाएर छलफल गरौं ।

मन्त्री– उपाधि त माननीयज्यूलाई चाहिएला यो विषय धेरै नलम्बयाऊ ।


क्लिकमान्डु