इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा १ सय र २५ हजारको मोबाइल पाइने



काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ ।

यस योजनामा कुनै पनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार १ सय रुपैयाँ कमाउनुका साथै २५ हजार रूपैयाँ बराबरको मोबाइल जित्न सकिनेछ ।
यस योजना अन्तर्गत एक महिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५०/५० रुपैयाँदेखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा १ सयभन्दामाथि कारोबार गर्नेले प्रतिकारोबार १ सय रूपैयाँ इन्सेन्टिभ पाउनेछन् ।

योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागू हुनेछ । यो योजना मार्च १ देखि जुलाई ३१ सम्म लागू हुनेछ । योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइनेछ ।

पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्सको भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार १ सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाइल समेत प्राप्त गर्न सक्नेछन् ।

पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहनगर्न यो योजना सञ्चालन गरिएको इसेवाले जानकारी दिएको छ ।

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका २ हजारभन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


क्लिकमान्डु