चेक बाउन्स मुद्दामा फरार ठेकेदार भेटवालद्वारा आत्मसमर्पण
काठमाडौं । चेक बाउन्स मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्स मुद्दामा उनी फरार थिए ।
जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिका सञ्चालक समेत रहेका भेटवाल मंगलबार महानगरीय प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेका हुन् । काठमाडौंको पुरानो बसपार्कमा बनाउन लागिएको भ्यू टावरका मुख्य ठेकेदार उनी भागेर भारत पुगेका थिए ।
उनी मंगलबार भारतबाट फर्किएर विमानस्थलबाट सोझै प्रहरी परिसरमा पुगेका थिए ।