कतारले नेपाल सहित १४ देशबाट आउनको लागि लगायो प्रतिबन्ध



काठमाडौं । कतारले कोरानो भाइरसको कारण नेपाल सहित १४ देशबाट आफ्नो देशमा आउनको लागि प्रतिबन्ध लगाएको छ ।

कतारले नेपाल,चीन,भारत,बंगलादेश,इजिप्ट,इरान,इराक,लेबनान,पाकिस्तान,फिलिपिन्स,दक्षिण कोरिया,श्रीलका,सिरिया र थाइल्याण्डबाट आउनेलाई कतारमा आउन प्रतिबन्ध लगाएको छ । कतारको गल्फ टाइम्सका अनुसार यो प्रतिबन्ध अल्पकालिन भएको र कतिदिनको लागि भने उल्लेख गरिएको छैन ।

कतार एयरवेजले इटली जाने र इटलीबाट आउने उडानहरु रद्द गरिसकेको छ । कतारमा आइतबार थप तीनजनामा कोरोना संक्रमण पाइएपछि संक्रमितको संख्या १५ पुगेको छ ।

कतारले ती देशहरुबाट अन अराइभल भिसामा आउने, कतारको रेसिडेन्स वा वर्क परमिट हुनेहरु र अस्थायी भिजिटरहरु सबैलाई प्रतिबन्ध लगाएको छ । यसले नेपालबाट कामदार भिसामा आउनेहरु र कतार घुम्न आउनेहरुमात्र नभई त्यहाँको रेसिडेन्स वा वर्क परमिट प्राप्त गरिसकेका समेत प्रभावित हुनेछन् ।


क्लिकमान्डु