चेम्बर अफ कमर्शले दैनिक २० हजार माक्स बजारमा पठाउने
काठमाडौं । कोरोना भाइरसको कारण बजारमा माक्सको अभाव भएपछि नेपाल चेम्बर अफ कमर्शले दैनिक २० हजार माक्स बजारमा पठाउने निर्णय गरेको छ ।
चेम्बरले यही नै उत्पादन गरेर माक्स बजारमा पठाउने भएको हो । बजारमा माक्सको अभाव भएपछि चेम्बरले संस्थागत रुपमा माक्स बजारमा पठाउने निर्णय गरेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।
चेम्बरले उपलब्ध गराउने माक्सको मूल्य ८ रुपैयाँ पर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । माक्स बनाउनको लागि विदेशबाट आउने कच्चा पदार्थको मूल्य बढेको हुँदा माक्सको मूल्य भने बढेको बताए । सरकारले भन्सार र भ्याटमा छुट दिने हो भने माक्सको मूल्य घट्ने श्रेष्ठले जानकारी दिए ।
कोरोना भाइरसरको सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सामग्री विमानस्थल कार्यालयलाई हस्तान्तरण गरेको छ ।
चेम्बरले थर्ममीटर गन, मास्क, प्राइम किट प्रिमियम सेट (पिपिई सेट), स्प्रिट, फुल गाउनलगायतका सामग्रीहरु त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालयको अन्तर्राष्ट्रिय तथा आन्तरिक टरमिनलर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताललाई हस्तान्तण गरेको हो ।
कार्यक्रममा स्वाथ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठ, त्रिभुवन विमानस्थल हवाइ उड्डयन कार्यालय गौचरणकानिर्देशक तथा प्रवक्ता देव चन्द्र लाल कर्ण, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा राजेश कुमार साह लगायतको उपस्थिति रहेको थियो ।