फुडमाण्डुमा साइबर हमला, ३० हजार ग्राहकको विवरण चोरियो



काठमाडौं । फुडमान्डुको वेवसाइटमा साइभबर हमला भएको छ । वेवसाइटमा साइबर हमला भइ ३० हजारभन्दा बढी ग्राहकको व्यक्तिगत विवरण चोरी भएको दाबी गरिएको छ ।

शनिबार राति भएको हमलाबाट ह्याकरले ग्राहकको नाम, ठेगाना, इमेल, फोननम्बरलगायत व्यक्तिगत विवरण ह्याक गरेको फुडमाण्डुको भनाइ छ ।

फुडमाण्डु अनलाइनमार्फत खाना पुर्याउने कम्पनी हो । यो एक दशकदेखि सञ्चालनमा छ । नेपाली बजारमा प्रसिद्ध यो कम्पनीले रेष्टुराँमा बनेका खाना अनलाइन अर्डरमार्फत् ग्राहकका घरसम्म पुर्याउँदै आएको छ ।

फुडमाण्डुका अनुसार ह्याक हुने वित्तिकै अनुसन्धानमा खटिएको र ग्राहकको व्यक्तिगत विवरण गोप्य राख्ने विषयमा आफू प्रतिवद्ध भएको समेत जनाएको छ ।

कम्पनीका सीइओ निधान श्रेष्ठले घटनापछि साइबर क्राइक डिभिजनसँग सहकार्य गरी छानबिन गरिरहेको बताए । घटनाले फुडमाण्डुको काममा कुनै समस्या नभएको समेत उनको दाबी छ ।

 


क्लिकमान्डु