एनसेलका ‘पे एज यु गो’ प्रयोगकर्तालाई डाटा बोनस



काठमाडौं । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब बढी शुल्क लाग्ने कुनै डर बिना ढुक्कसँग मेन ब्यालेन्सबाटै सुलभ दरमा डाटा सेवाको फाइदा लिन सक्नेछन् ।

एनसेल प्राईभेट लिमिटेडले नयाँ डाटा बोनस योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत मेन ब्यालेन्स अर्थात् ‘पे एज यु गो’बाट चलाउँदा लाग्ने २ रुपैयाँ प्रतिएमबी दर ८० प्रतिशतसम्म घट्छ ।

मेन ब्यालेन्सबाटै डाटा सेवाप्रयोग गर्ने र अझ सुलभ दरमा डाटा सेवाप्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकलाई लक्षित यो अफर आइतबार (फागुन २५) बाट संचालनमा आउँदैछ । यो अफरमा डाटा सेवाका लागि जतिमात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डाटा सेवाको शुल्क थप घट्दै जान्छ ।

जब ग्राहकले मेन ब्यालेन्सबाट डाटा सेवा चलाउँछन् । खर्च भएको ब्यालेन्स रकमको आधारमा त्यति नै बेला बोनस डेटा पाउँदै जानेछन् । ग्राहकले आफ्नो ब्यालेन्सबाट २ रुपैयाँ ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ३० रुपैयाँ वा यो भन्दाथप १० रुपैयाँका दरले खर्च गर्दै जान्छन् त्यसै अनुपातमा तत्काल बोनस डाटा प्राप्त गर्दै जानेछन् ।

यसरी प्राप्तहुने डाटा बोनस प्रगोग गर्नका लागि २ दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो १० रुपैयाँ खर्च गरेपछि, प्रत्येक थप १० रुपैयाँ डाटामा खर्च गरे वापत २०÷२० एमबी बोनस डाटा तत्काल प्राप्त गर्दै जानेछन् ।

यदि ग्राहकले २ रुपैयाँ मेन ब्यालेन्स डाटा सेवामा खर्च गर्दछन् भने उनीहरुले तत्कालै २ एमबी डेटा बोनस पाउँनेछन् । यसैगरी ग्राकहले ३० रुपैयाँ ब्यालेन्स खर्च गर्छन भने बोनसको ५७ एमबी सहित कुल करिब ६९ एमबी डाटा पाउनेछन् । यदी ग्राहकले मेन ब्यालेन्सको १०० रुपैयाँ डाटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ३९.१६ एमबी र बोनस १९७ एमबीसहित कुल २३६ एमबी डाटा पाउनेछन् ।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । यसको अर्थ ग्राहकले एक हप्ताभित्र जति मेन ब्यालेन्सबाट पे एज यु गोमार्फत् डेटामा खर्च गर्दछन् त्यसकै हिसाबको आधारमा बोनस पाउँदछन् ।

आफ्ना ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्य सहित यो योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । सुलभ दरमा डाटा सेवा प्रयोग गर्नका लागि डेटा प्याक लिनु उत्तम उपाय भए पनि यो योजना डाटा प्याकन लिई पे एज यु गोमार्फत सेवाप्रयोग गर्ने ग्राहकका लागि एकदमै फाइदाजनक हुने विश्वास एनसेलले लिएको छ ।


क्लिकमान्डु