प्राइम र कैलाश विकास बैंकको एकिकृत कारोबार फागुन २९ बाट



काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकको एकिकृत कारोबार फागुन २९ गतेबाट हुने भएको छ ।

बैंकले जारी गरेको सूचनामा प्राइमले कैलाशलाई प्राप्ति (एक्विजिशन) गरेपछि फागुन २९ गतेबाट प्राइम बैंकको नाममा एकिकृत कारोबार हुनेछ ।

राष्ट्र बैंकको २०७६ फागुन १८ गतेको पत्रबाट वित्तीय संस्थाहरु प्राप्ति गर्ने अन्तिम स्वीकृत प्राप्त भएको र फागुन २१ गते कम्पनी रजिष्टारको कार्यालयबाट स्वीकृत लिएको सूचनामा उल्लेख छ ।

फागुन २९ गतेबाट प्राइम बैंकको नामबाट कारोबार हुने छ । प्राप्ति (एक्विजिशन) पश्चात बैंकको रजिष्टार्ड केन्द्रीय कार्यालय प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय कमलपोखरीमा रहनेछ ।


क्लिकमान्डु