सिटी एक्सप्रेस मनी ट्रान्सफर र इएमक्वुबिच रेमिटान्स कारोबार सुरु
काठमाडौं । रेमिटान्स कम्पनी इएमक्वु लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटान्स कारोबार सुरु भएको छ ।
जापान, यु। ए। ई, जोर्डन स्थित उपभोक्ताहरुले इएमक्वुको सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७५ सय बढी एजेन्टबाट भुक्तानी हुने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्वुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउ ले हस्ताक्षर गरे ।