कोरोना लाग्दैमा मृत्यु भइहाल्छ ?



काठमाडौं । विश्वभरमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या बढेर ३ हजारभन्दा बढी पुगिसकेको छ । विश्व स्वाथ्य संगठनका अनुसार हालसम्म ९५ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

चीनभन्दा बाहिर कोरोना भाइरसको सबैभन्दा बढी हट स्पट इरान, दक्षिण कोरिया, इटलीमा देखिएको छ । हालसम्म कोरोना संक्रमितमध्ये ५३ हजारभन्दा बढी निको भइसकेका छन् ।

यो भाइरसबाट मृत्यु हुनेहरुमा सबैभन्दा धेरै बृद्धबृद्धाको संख्या छ । प्रश्न उठ्छ कि संक्रमित हुनेमध्ये कति जनाको मृत्यु भइसकेको छ ?

कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? यी हुन् १३ उपाय

अनुसन्धानकर्तालाई मान्ने हो भने कोरोना भाइरसबाट संक्रमित प्रति १ हजार व्यक्तिमध्ये ९ जनाको मृत्य भएको आशंका छ । तर कोरोना भाइरसबाट संक्रमित भइसकेपछि व्यक्तिको मृत्यु हुने र बाँच्नुमा अनेक कारण निर्भर हुन्छन् ।

जुन कारणलाई संक्रमित व्यक्तिको उमेर, लिंग, उसको सामान्य स्वास्थ्य तथा जुन देशमा बसोबास रहेको छ त्यहाँको स्वास्थ्य अवस्थालाई मानिएको छ ।

मृत्युदर निकाल्न कति गाह्रो ?

कोरोना भाइरसबाट संक्रमण भएपछि कति मान्छेको मृत्यु हुन्छ यो तथ्यांक निकाल्न निकै गाह्रो भएको छ । किनभनेर संक्रमित हुने व्यक्तिमा देखिने लक्षण सामान्य हुन्छन् जसका कारण मानिसहरु डाक्टरकहाँ जाँदैनन् । र, यकिन तथ्यांक आउँदैन ।

विश्वभरमा यो समयमा कोरोना भाइरसका कारण भएको मृत्युदर फरक फरक रहेको बताइएको छ । तर यसका लागि भाइरसको एउटा मात्रै कारण जिम्मेवार छैन ।

इम्पेरियल कलेजको अनुसन्धान अनुसार फरक फरक देशबाट फरक फरक मृत्युको दर आएको छ । यो देशको स्वास्थ्य अवस्थाका आधारमा फरक फरक मृत्युदर भएको पाइएको छ ।

यस्तोमा संक्रमित हुने सबै व्यक्तिको गणना नभएकाले मृत्युदर बढी देखिएको छ । किनभने मृत्युदर निकाल्नका लागि मृत्यु हुने व्यक्तिको कुल संख्या संक्रमित हुनेहरुको कुल संख्यामा विभाजित गरिन्छ । तर संक्रमित हुनेहरुको कुल संख्या निकाल्न निकै गाह्रो भएको छ ।

कुनै व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भएपछि मृत्यु हुने सम्मको अवधिमा केही समय लाग्छ । यदी तपाई सबै कुरालाई सामेल गर्नुहुन्छ भने लक्षण नै नदेखिएका व्यक्तिको गणना नहुँदा मृत्युदरमा फरक पर्छ ।

किनभने त्यो कोरोना भाइरसकै कारण मृत्यु हुनेहरुको संख्या हुने छैन । किनभने जो व्यक्ति कोरोना भाइरसकै कारण मृत्यु भएको छ उनीहरुको गणना गरिन्न ।

बैज्ञानिकहरु अनुसन्धानको यही कमजोरीलाई कम गरी मृत्युदर निकाल्नका लागि प्रयासरत छन् । उदाहरणका लागि वैज्ञानिक एक फ्लाइटबाट आफ्नो देश फिर्ता हुने मानिसहरुमा नजर राखी उनीहरुमध्ये बिरामी हुने मानिसहरुको संख्याका आधारमा यो अनुपात निकाल्न सक्छन् ।

वैज्ञानिक एक सानो समूह, जस्तो कि फ्लाइटबाट आफ्नो देश फिर्ता आउने मानिसहरुको समूहमा ध्यान केन्द्रित गरी उनीहरुमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसहरुको अनुपात निकाल्छन् ।

तर यो तरिकाले प्राप्त प्रमाणबाट कोरोना भाइरसबाट जोडिएको परिदृश्य परिवर्तन गर्न महत्वपूर्ण भूमिका भने खेलेको छ ।

यदि चीनको एक प्रान्तको मात्रै आंकडा निकाल्ने हो भने चीनमा मृत्युदरको संख्या निकै ठूलो हुन्छ । यस हिसाबले कोरोना भाइरसका कारण हुने मृत्युदर निकै नराम्रो देखिन्छ । यसैका आधारमा वैज्ञानिकहरु मृत्युदरको मामलामा संभावित आँकडा दिन्छन् ।

आम मानिसलाई कति असर गर्छ ?

कोरोना भाइरसका कारण सबैभन्दा बढी बृद्धबृद्धाहरु मृत्युको जोखिममा छन् । पहिलेदेखि नै बिरामी तथा पुरुषमा मृत्युको खतरा धेरै छ । चीनमा ४४ हजार जनामा गरिएको अध्ययनमा बृद्धबृद्धाको मृत्युदर मध्यम उमेर वर्ग समूहको भन्दा १० गुणा बढी छ ।
३० वर्षभन्दा कम उमेरका मानिस कोरोना भाइरसको संक्रमणका कारण मृत्यु दर सबैभन्दा कम छ । यो उमेर समूहमा ४५ सय जनामध्ये जम्मा ८ जनाको मृत्यु भएको छ । त्यस्तै, पुरुषको मृत्युदर पनि महिलाको तुलनामा धेरै छ ।

कति जोखिम छ ?

यदि चीन, युरोप वा अफ्रिकामा बसोबास गर्ने ८० वर्षे वृद्धाको कोरोना भाइरसबाट हुने जोखिमको अन्दाज लगाउने हो भने चीनमा बढी जोखिम छ । यसमा तपाईको स्वास्थ्य अवस्था कस्तो छ भन्नेमा पनि जोखिम निर्भर हुन्छ । र, तपाईलाई कस्तो प्रकारको उपचार प्राप्त भएको छ यसले पनि अर्थ राख्छ ।

त्यसैले तपाई बसोबार गर्ने देश, सहर, त्यहाँको स्वास्थ्य अवस्था, उपचारको सुविधा, लिंग, उमेर र तपाईको स्वास्थ्य अवस्थाका आधारमा मात्रै यो तथ्यांक सम्भव देखिएको छ । बीबीसीको सहयोगमा


पुष्प दुलाल