प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ ।

बुधबार चिकित्सकहरुले करिब ४ घण्टा लगाएर मिर्गौला प्रत्यारोपण सफल भएको बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरुले आजै पत्रकार सम्मेलन गरी जानकारी दिनेछन् ।

प्रधानमन्त्री ओलीलाई भाञ्जीले मिर्गौला दिएकी हुन् । मिर्गौलाको सफल प्रत्यारोपण गरेसँगै प्रधानमन्त्री ओलीको शरीरमा ४ वटा मिर्गौला भएका छन् ।


क्लिकमान्डु