४ करोड २७ लाखको छ किलो सुनसहित भारतीय नागरिक पक्राउ



मकवानपुर । नेपाल प्रहरीले ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ बराबरको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरेको छ ।

प्रहरीले मंगलबार हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई उक्त रकम बराबरको सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचानाको आधारमा काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना.६ ख ७८७२ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा अब्दुलले बोकेको झोलाबाट फलामको ब्यरिङहरु बरामद गरेको थियो । उक्त ब्यरिङ काटेर हेर्दा भित्र उक्त परिमाणको सुन फेला परेको प्रहरीको भनाई छ ।

पक्राउ परेका अब्दुललाई बरामद सुन सहित थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्लिकमान्डु