सामूदायिक विद्यालयका विद्यार्थीले तयार गरेको विदेशी खानाको स्वाद लिएपछि निजी विद्यालयका विद्यार्थी दंग



काठमाडौं सामूदायिक विद्यालयका विद्यार्थीले तयार पारेका नेपाली, चिनियाँ, इन्डियन तथा युरोपियन खानाका स्वाद लिन पाएपछि निजी विद्यालयका विद्यार्थी दंगपरेका छन्

हाँडीगाउँस्थित टंगाल माविका विद्यार्थीले आयोजना गरेकोफुड फेस्टिवलमा आसपासका १२ भन्दा धेरै निजी विद्यालयका विद्यार्थी सहभागी भएका थिए

कक्षा ११ १२ का विद्यार्थीले तयार गरेका डिसको स्वाद लिएपछि निजी विद्यालयका शिक्षक समेत दंग परेका थिए

फेस्टिभलमा विद्यार्थीबाट तयार गरिएका शैक्षिक सामग्री पनि प्रदर्शंनीमा राखिएको थियो

विद्यार्थीबाट बनाइएका केबुल कार, एक्जाभेटर, रंगशाला लगायतकाशैक्षिकलाई अवलोकनमा सहभागी विद्यार्थीले चासोपूर्वक लिएका  थिए

फेस्टिभलमा हजारभन्दा धेरै विद्यार्थीले अवलोकन गरेको विद्यालयका प्राचार्य राजेन्द्र अधिकारीले जानकारी दिए


क्लिकमान्डु