लड्डुको गुलियो पचाएन सेयर बजारले, सूचक एकैदिन ९६ अंकले घट्यो



काठमाडौं । केही सातायता सेयर बजारमा निरन्तर नयाँ-नयाँ रेकर्ड राख्दै तीब्र गतिमा बढ्न थालेपछि लगानीकर्ता र नियामक निकायका अधिकारीहरुको खुसीले गदगद भए ।

अनपेक्षित रुपमा सेयर बढेपछि सम्हालिनतर्फ लाग्नुपर्ने उनीहरु खुसीको उन्मादमा लड्ठिए ।
शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र केही लगानीकर्ताहरुले त बजार बढेको उपलक्ष्यमा लड्डु नै खाएका थिए ।

कारोबार सुरु भएको २० मिनेटमै ३६ अंकको गिरावट

बिहीबार नेप्सेले नयाँ रेकर्ड कायम राखेको भन्दै लड्डु नै बाँडेका थिए । त्यो दिन बजार ३६.०५ अंकले बढेर १६३२.१७ बिन्दुमा रोकिएको थियो । त्यो दिन ४ अर्ब ४६ करोडको कारोबार भएको थियो । त्यही उपलक्ष्यमा उनीहरुले लड्डु बाँडेका थिए ।

ठूला लगानीकर्ता बाहिरिएपछि सेयर बजार फेरि ओरालो यात्रामा, लगानी कति जोखिमपूर्ण ?

तर आइतबार बजार ४०.८२ अंकले घटेपनि कारोबार रकममा भने नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको सेयर कारोबार भएको थियो ।

सेयर बजारमा ६% काे गिरावट, कारोबार बन्द

नेप्सेका लड्डु बाँडेयता बजारमा देखिएको गिरावट सोमबार भने निकै अविस्मरणीय नै बन्यो । सोमबार कारोबार सुरु भएको २ घन्टा २९ मिनेटमा नै ६ प्रतिशले घटेर कारोबार बन्द भयो । मानौं सेयर बजारले गुलियो लड्डु पचाउन सकेन ।

कारोबारको सुरुदेखि नै गिरावट रहेको बजार अन्तिम समयमा ९६.०६ अंकले घटेर १४९५.३० अंकमा रोकिएको छ । यो दिन ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १९.२० अंकले घटेर ३२१.४३ बिन्दुमा रोकिएको छ ।

१७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता सेयर २ अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ९५.४, डेभलपमेन्ट बैंक ९१.३, निर्जीबन बीमा ५२४.७३, जीवन बीमा ६९०.३१ र माइक्रोफाइनान्स समूहको उपसूचक १३५.६३ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको १५ करोड ६८ लाख ११ हजार २५६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआइसी एसिया बैंक र एनएमबी बैंक रहेका छन् ।

सोमबारको कारोबारमा एनआईसी एसिया ब्यालेन्स फण्ड, खानीखोला हाईड्रोपावर र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको लगानीकर्ताले कमाउँदा  प्रभु इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, ग्रामिण विकास बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले निकै नै गुमाएका छन् ।


पुष्प दुलाल