सेयर बजारमा नेगेटिभ सर्किट, ४० मिनेट कारोबार बन्द



काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम नरोकिएपछि नेगेटिभ सर्किट लागेको छ ।

कारोबारको सुुरुदेखि नै बजारमा गिरावट आएको थियो । कारोबार सुरु भएयता गिरावट देखिएको बजारमा यतिबेला ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ । बजार ५ प्रतिशतले नेगेटिभ सर्किट लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित भएको छ ।

कारोबार सुरु भएको १ घन्टा ४६ मिनेटपछि बजार ७९.५७ अंकले घटेर १५११.७९ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३० अंकले घटेर ३२४.३३ बिन्दुमा रोकिएको छ । १७३ कम्पनीको ४६ लाख २८ हजार १९२ कित्ता सेयर १ अर्ब ९८ करोड ७१ लाख ५ हजार ९३३ रुपैयाँको कारोबार भएको छ।

 


क्लिकमान्डु