चौतारी लघुवित्त र आरम्भ लघुवित्त वित्तीय संस्थाले पायो मर्जरको अन्तिम स्वीकृति



काठमाडौं । नेपाल राष्ट्र बैंकले चौतारी लघु वित्त र आरम्भ लघु वित्त वित्तीय संस्थालाई मर्जरका लागि स्वीकृती दिएको छ ।

गत जेठमा नै मर्जरको औपचारिक सम्झौता गरी यी लघुवित्तहरु राष्ट्र बैंकमा अन्तिम स्वीकृतीको पर्खाइमा थिए ।

उनीहरुले सैद्दान्तिक सम्झौता गरेको ८ महिनापछि राष्ट्र बैंकले फागुन १८ गते अन्तिम स्वीकृती दिएको हो ।

अब मर्जरपश्चात संस्थाको नाम कालिका आरम्भ चौतारी लघु वित्तीय संस्था लिमिटेडको नामले कारोबार गर्नेछन् ।

दुई संस्थाबीच १ बराबर १ को सेयर स्वाप अनुपातमा मर्जरको स्वीकृति दिएको हो ।

अब दुई संस्थाले आफ्नो अन्तिम कारोबार गरेपछि सेयर रोक्का हुने राष्ट्र बैंकले जानकारी दिएको छ । साथै संस्थाले केन्द्रीय कार्यालय बनेपा नगरपालिका १० काभ्रेपलान्चोकमा हुनेछ ।


क्लिकमान्डु