गभर्नरको नियुक्ती चैत ५ गतेभित्र हुन्छ: अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकको गभर्नर चैत ५ गतेभित्रै नियुक्त हुने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले राष्ट्र बैंकले चैत ५ गतेसम्ममा नयाँ गभर्नर पाउने स्पष्ट पारे ।

‘म पनि गभर्नरमा नियुक्ति भएको व्यक्ति हुँ, एक महिना अघि त होइन, अन्तिम समयमै भएको हो । मेरो कार्यालयको अन्तिम दिन पनि ३ बजेतिर मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्ती गरेको थियो । त्यसपछि मात्रै मैले गभर्नरको कार्यालय छाडेको हो,’ उनले भने ।

अहिले पनि अन्तिममा हुने उनले बताए ।


क्लिकमान्डु