परिसंघको वरिष्ठ उपाध्यक्षमा विष्णु कुमार अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु कुमार अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्षमा मनोनित भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल र पदाधिकारी समितिको हालै सम्पन्न बैठकले परिसंघको विधानको व्यवस्था अनुसार उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा मनोनित विष्णु कुमार अग्रवाल परिसंघको उपाध्यक्षमा हुन् ।

परिसंघमा विगत डेढ दशकदेखि राष्ट्रिय परिषदको सदस्यका साथै विभिन्न समितिको संयोजकको रुपमा सेवा गर्दै आएका उनी परिसंघको विगत १३ औँ वार्षिक साधारण सभापछि उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी नेपालको विभिन्न उद्योग, बैँक तथा वित्तीय संस्थाका साथै अटो व्यवसायसँग आवद्ध छन् ।

परिसंघसँग आवद्ध सीएनआई–वाईईएफका संस्थापक समेत रहेका अग्रवाल परिसंघबाट विगतका वर्षमा आयोजित ३ वटा पूर्वाधार सम्मेलनहरुको सफल आयोजना गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालमा परिसंघको स्वतः अध्यक्ष हुने प्रावधान छ ।


क्लिकमान्डु