डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल



काठमाडौं । नेपाली टेलिभिजनको दुनियाँमा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल सञ्चालनमा ल्याएको छ । कम्पनीले भोजपुरी भाषाको मनोरञ्जनात्मक ‘भोजपुरी म्याजिक’नामक च्यानल पनि सुरु गरेको हो ।

भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास गरिएको छ । साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारले उपलब्ध गराएका गीतसमेत यस च्यानलमा प्रशारण गरिनेछ । जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पुर्याउन यसच्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।

आगामी दिनमा पनि डिशहोमको ग्राहकको मनोरञ्जनका लागि भिन्नखालका सामग्री प्रशारण हुने विभिन्न च्यानल थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।

बिगत लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहनालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ ।

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाइलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाका लागि राइम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँनयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्रै प्रशारण हुने प्लस मुभी जस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु