७ दिनमा सेयर बजारमा साढे १८ अर्ब रुपैयाँको कारोबार, कहाँबाट आयो यतिधेरै पैसा ?



काठमाडौं । लगानीकर्ता उत्साही हुँदा सेयर बजारमा पछिल्लो साता उछाल देखिएको छ । विगतको तुलनामा यो साता सेयर बजारमा उत्साहजनक सुधार देखिएको हो ।

गत साताको बुधबारदेखि बुधबारसम्म ८ दिनको तथ्यांक हेर्दा ४ करोड ३३ लाख ६९ हजार ६८२ कित्ता सेयर खरिद बिक्री हुँदा १८ अर्ब ५७ करोड ९९ लाख ३२ हजार ५४५ रुपैयाँ बराबरको कारोबार भएकोे छ ।

नेप्से परिसूचक पनि उक्त अवधिमा १९०.८९ अंकले बढेको छ । एक साता अघि १४०५.२६ अंक रहेकोमा अहिले सूचक १९०.८७ अंकमा पुगेको छ ।

जानकारहरु सेयर बजारमा उत्साह देखिनुमा अर्थमन्त्री डा। युवराज खतिवडा हट्ने हल्लाको मनोविज्ञानले लगानीकर्तामा काम गरेको देखिएको बताउँछन् ।

अर्थमन्त्री खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि उनको स्थानमा बामदेव गौतमलाई सांसद बनाउने निर्णय नेकपाले गरिसकेको छ ।

विगतका दिनमा लगानीकर्ताहरुले अर्थमन्त्री खतिवडालाई सेयर बजार घट्नुमा कारक मान्दै आएका थिए ।

एक सातामा बजारको काराबार नियाल्ने हो भने गत साताको बुधबार ३४ लाख ५५ हजार ६८२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ रुपैयाँ र बिहीबार ५८ लाख २९ हजार ५१० कित्ता सेयर कारोबार हुँदा २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९०८ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

यस्तै, यो साताको पहिलो कारोबार आइतबार ८७ लाख ६९ हजार ५२२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँ, सोमबार ८३ लाख ४८ हजार २३४ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २७८ रुपैयाँ बराबरको सेयर कारोबार र भएको थियो ।

नेप्सेमा यो साताको मंगलबार ७० लाख ५९ हजार ७१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ रुपैयाँ र बुधबार ९९ लाख ६ हजार ९८९ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

पछिल्लो केही सातायता लगानीकर्ताले बजारमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर भएपनि सेयर बजारमा लगानी गरेको जानकारीहरुको भनाइ छ ।

नियामक निकाय राष्ट्र बैंकले सेयर मार्जिनमा प्रवाह गर्न केही नीतिगत सुधार पनि गरेको छ । गत वर्षको अर्धवार्षिक मौद्रिक नीति समीक्षा मार्फत राष्ट्र बैंकले सेयर बजारको सुधार र विकासका लागि सेयर मार्जिन ५० प्रतिशतबाट ६५ प्रतिशत पुर्याएको थियो ।

जसकारण लगानीकर्तालाई बैंकबाट सेयर धितोमा कर्जा लिन केही सहज हुनुको साथै बजारमा पैसा गएको छ । बैंकहरुले पनि हाल बजारमा देखिएको उत्साहलाई मध्यनजर गर्दै सेयर लगानीकर्तालाई आफै बोलाएर नै भएपनि सेयर धितोमा कर्जा दिन थालेका छन् ।

यसका साथै छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै चीनसँग जोडिएको सम्पूर्ण कारोबारहरु बन्द भएको छ । चीनसँगको कारोबार ठप्प हुँदा लगानीकर्ताहरु सेयर बजारमा आकर्षित भएको पनि विज्ञहरुको बुझाइ छ ।

नियामक निकाय राष्ट्र बैंकले सेयर धितो कर्जा प्रवाहमा नीतिगत सुधार पनि गरेको छ । गत वर्षको अर्धवार्षिक मौद्रिक नीतिको समीक्षामार्फत् राष्ट्र बैंकले सेयर बजारको सुधार र विकासका लागि सेयर मार्जिन ५० प्रतिशतबाट ६५ प्रतिशत पुर्याएको थियो ।

जसकारण लगानीकर्तालाई बैंकबाट सेयर धितोमा कर्जा लिन निकै सहज भएको छ । बैंकहरुले पनि हाल बजारमा देखिएको उत्साहलाई मध्यनजर गर्दै सेयर लगानीकर्तालाई आफै बोलाएर नै भएपनि सेयर धितोमा कर्जा दिन थालेका छन् ।

पछिल्लो समयमा सेयरमा देखिएको कारोबार रकम निश्चित यति नै कारणले मात्रै बढेको भनेर भन्न सकिने अवस्था नहरेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन् ।

उनका अनुसार यतिबेला सेयर बजारमा नेप्सेले ल्याएको अनलाइन सिस्टमको कारण पनि बजारमा सुधाार आएको बताउँछन् । उनका अनुसार नेप्सेले सुरु गरेको अनलाइनको कारण धेरै कम्प्युटरबाट कारोबार भएको छ, त्यसको कारण पनि कारोबार रकममा बढोत्तरी देखिएको हो ।

उनले बैंकले पनि सहजै ऋण दिने भएको कारण पनि कारोबार रकम बढेको हो । पहिलाको भन्दा अहिले सेयर लगानीकर्तालाई बैंकबाट ऋण पाउन निकै सजिलो भएको बताए । उनका अनुसार यतिबेला अन्य क्षेत्रबाट पनि सेयर बजारमा लगानी आएको उनको भनाइ छ । बजार यतिबेला नयाँ लगानी पनि भित्रिएको उनले बताए ।

अध्यक्ष रानाभाटका अनुसार अहिले टि थ्रिमा सेटलमेन्ट हुँदा चौथो दिन सेयर खातामा आउने हुँदा पनि लगानीकर्तालाई लगानीगर्नको लागि सजिलचे भएको हो ।


क्लिकमान्डु