सेयर बिक्री गर्ने निर्णयको विरोध गर्दै वायु सेवा निगमका कर्मचारीले भने- तुरुन्तै खारेज होस्
काठमाडौं । नेपाल वायु सेवा निगमको २५ प्रतिशत सेयर बिक्री गर्ने सञ्चालक समितिको निर्णय निगमको कर्मचारी युनियनले विरोध गरेको छ । मंगलबार विज्ञप्ती जारी गर्दै युनियनले उक्त निर्णय अत्यन्त खेदजनक, अदुरदर्शी, पूर्ण सरकारी, स्वामित्वको सार्वजनिक संस्थालाई निजीकरण गर्ने बदनियत स्वरुप भएको जनाएको छ ।
युनियनले निगमको समस्या समाधान गनुृको साटो उल्टै निजीकरण गरी थप धरासायी बनाउने र अन्त्यमा बिघटन गराउनेतर्फ लैजाने निर्णय ठीक नभएको बताएको छ ।
निजीकरण गर्नुको साटो सरकारको पूँजीवृद्धि, व्यवस्थापन करार वा रणनीतिक साझेदार जस्तो बैकल्पिक उपाय मार्फत नै निगमको व्यवस्थापकीय तथा व्यवसायिक क्षमता वृद्धि हुने युनियनको ठहर छ ।
निगमले उक्त निर्णय तत्काल खारेज गर्न र यदी त्यसो नभए कर्मचारीहरु जस्तोसुकै बलिदानी कदम चाल्न बाध्य हुने समेत चेतावनी दिएको छ ।