बैंक सञ्चालकको उमेरको सिमा, १ जना सांसद मात्रै देखिए पक्षमा



काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद कृष्णभक्त पोख्ररेलले बैंक तथा वित्तीय संस्था ऐन संशोधन गर्न बनेको विद्येयकमा राय पेश गर्दै त्यसमा उल्लेख भएको उमेर हकबन्दी अति नै आवश्यक रहेको बताएका छन् ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको उक्त विद्येयकमा आफ्नो राय पेश गर्दै उनले पुँजी धेरै भएको व्यक्ति अनन्तसम्म सञ्चालक समितिमा बसिरहने प्रवृति अन्त्य गर्न अवाश्यक रहेको बताए । सञ्चालकले जति नै नराम्रो काम गरेपनि सञ्चालकमा बसिरहने प्रवृति अन्त्य गर्न उमेर हद आवश्यक रहेको बताए । ‘भोटको आधारमा २ कार्यकाल भन्दा धेरै राख्ने हो भने पुँजी धेरै भएपछि उसलाई भोट धेरै आइहाल्छ अनि ऊ जति कार्यकाल पनि बैंकमा बसिरहने व्यवस्थालाई हटाउनु पर्छ, उनले भने ।

‘सञ्चालकको उमेर ६५ वर्षभन्दा धेरै हुन नहुने भनिएको छ । ६५ वर्षको उमेर भनेको थोरै उमेर होइन । वित्तीय संस्थाको मजबुती बिना राज्यको समृद्धि सम्भव छैन् । अनि त्यही वित्तीय संस्थाको सञ्चालक ६५ वर्षभन्दा धेरै हुँदा त्यसमा जनताले विस्वास नै गदैनन् । जनता पैसा राख्ने ठाँउको सञ्चालक ६५ वर्षभन्दा माथि जति उमेरसम्म पनि बस्न पाउँदा जनताले विस्वास नै गदैनन् । उमेर हद सम्बन्धी गरिएको व्यवस्था सकारात्मक छ’ उनले भने ।

उनले बैंककमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) २ कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था गर्नु आवश्यक भएको पनि धारणा राखे । बैंकमा नयाँ अनुभव भएको एक कार्यकालको लागी स्वतन्त्र सञ्चालक आउँदा बैंकमा धेरै नयाँ कुराहरु भित्रने र स्वतन्त्र ढंगबाट त्यो बैंकको विश्लेषण पनि गर्न सक्ने उनको भनाई छ ।


क्लिकमान्डु