कांग्रेस सांसद् गगन थापाले प्रधानमन्त्री ओलीको राजीनामा मागे



काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले प्रतिनिधिसभामा मंगलबार बोल्दै अनियमिताको कारण प्रधानमन्त्री ओलीले शासन गर्ने वैधानिकता गुमाएको बताए ।

देश र तपाईको लागि अब स्वास्थ्यलाभको लागि आराम गर्ने बेला आएको छ,संख्या भएपनि शासन गर्ने वैधानिकता गुमाउनु भएको छ,थापाले प्रतिनिधिसभाको बैठकमा भने ।

उनले प्रधानमन्त्री माक्र्सवादी समाजवादी हुँदै अहिले यतीवादी भएको भन्दै निवर्तमान संचारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग उनले गरे ।

थापाले सेक्युरिटी प्रेसको मात्र नभएर बाँस्कोटा अन्तर्गत दिएका ठेक्काहरुमा कमिसनको जानकारी प्रधानमन्त्रीलाई भएपनि परिस्थिती बाहिर गएपछि बाँस्कोटालाई बलिको बोका बनाइएको जनताले भन्न लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले प्रधानमन्त्री ओलीले भष्ट्रचारीको मुख हेर्दिन भनेको विषयमा कटाक्ष व्यक्त गर्दै बालुवाटारमा ऐना छ कि छैन भनेर प्रश्न गरे ।


क्लिकमान्डु