ग्लोबल आइएमई बैंकद्वारा निक्षेप बीमा वापतको चेक हस्तान्तरण



काठमाडौं । ग्लोबल आइएमई बैंकले पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाताका ग्राहक स्वर्गीय राजु गिरीको परिवारलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडका नायव महाप्रबन्धकसुरेन्द्रराज रेग्मीले स्वर्गीय राजु गिरीको परिवारलाई बीमावापतको रकम हस्तान्तरण गरे ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २७० शाखा, ३७ राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटीएम तथा २४९ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत् आफ्ना १९ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु