सिटिजन्स बैंकले धरानको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई दियो ८० हजार



काठमाडौं । सिटिजन्स बैंकले धरान उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयलाई ८० हजार रुपैयाँ सहयोग गरेको छ ।

दृष्टिबिहिन, न्यूनदृष्टिलगायत बहुअपाग बालबालिकाका लागि ुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयले शारीरिक रुपमा असक्त विद्यार्थीलाई विशेष माध्यमद्वारा अध्यापन गराउँदै आएको छ ।

विद्यार्थीहरु जाडोको समयमा पनि भुईमा बसेर पढ्न बाध्य भएकाले बैंकले कार्पेट खरिदका लागि उक्त सहयोग गरेको हो । साथै विद्यालयमा खानेपानीका लागि फिल्टर पनि खरिद गरिनेछ ।

बैंकले देशभरी ९३ वटा शाखा, ९० वठटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ इकाइबाट ५ लाख ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु