फोनपेले घोषणा गर्यो दुबई ट्रिपका विजेता



काठमाडौं । नेपालको अग्रणी मोबाइल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागि ग्राहककातर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बन्न सफल भए ।

विजेताहरुको गत बिहीबारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्रमार्फत घोषणा गरिएको थियो । दुबई ट्रिप जित्ने व्यक्तिले थप तीन जना व्यक्तिलाई पनि आफूसँग लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआरमार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।

फोन पेले ग्राहक र मर्चेन्टका लागि नयाँवर्ष २०२० को अवसरमा ६ महिनासम्म लागू हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’योजना उपहार योजना सञ्चालन गरिरहेको छ । । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ ।

दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शत प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेनटले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एकजना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाइल फोन जित्न सक्नेछन् ।

उपहार योजनामा हरेक महिना एकजना ग्राहक र मर्चेन्टले दुबई ट्रिप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीनजना लाई पनि दुबर्ई ट्रिपमा लैजान पाउनेछन् ।

उपहार योजना जुन अन्त्यसम्म सञ्चालन हुनेछ । उपहार योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यास ब्याक पाउनेछन् । यसैगरी साप्ताहिक २ जनाका दरले ५० जना र प्रत्येक महिना २ जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् ।

फोन पेका हाल ९० हजारभन्दा धेरै मर्चेन्ट छन् भने नेपालभर ५० भन्दा बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाइल बैंकिङ सदस्य छन् । फोन पेले सदस्य बैंक तथा वित्तीय संस्थामार्फत् थप नेटवर्क विस्तार गर्दै आएको छ ।


क्लिकमान्डु