अनलाइन प्रणालीमा लगानीकर्ताको उत्साह, अनलाइनबाटै एक तिहाई कारोबार



काठमाडौं । सेयर बजारमा अनलाइन प्रयोगमा लगानीकर्ताको उत्साह अत्यधिक बढेको छ । नेप्सेका अनुसार पछिल्लो ७ कारोबार दिनको तथ्यांकलाई हेर्दा अनलाइनबाट मात्रै एक तिहाई कारोबार भएको छ ।

माघ अन्तिमसम्मको तथ्यांक हेर्दा दैनिक औसत कारोबार रकम १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो औसत कारोबार ३० करोड रुपैयाँ थियो ।

नेप्सेका अनुसार यो साताको अन्तिम दिन बिहीबारको कारोबारमा इतिहासकै सबैभन्दा बढी रकमको सेयर किनबेच भएको छ । बिहीबार २३ हजार ९ सय कारोबारमा २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

गत कात्तिक २० गतेदेखि नेप्से अनलाइन कारोबार प्रणाली (नट्स) शुरु भएयता कारोबार गतिविधि पनि बढेको नेप्सेको भनाइ छ । आगामी दिनमा पनि लगानीकर्तालाई सदस्य दलालमार्फत् अनलाइनको यूजर नेम र पासवर्ड निःशुल्क लिन समेत नेप्सेले आग्रह गरेको छ ।


क्लिकमान्डु