खानेपानी व्यवस्थापन बोर्डले खुलायो कार्यकारी निर्देशकका लागि विज्ञापन



काठमाडौं । सरकारले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट नियुक्त गर्ने भएको छ । त्यसका लागि बोर्डले मंगलबार कार्यकारी निर्देशकका लागि विज्ञापन खुलाएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड ऐन २०६३ बमोजिम उक्त पदमा खुला प्रतिष्पर्धामार्फत् पदपूर्ती गर्न लागेको हो ।

बोर्डमा रिक्त रहेको कार्यकारी निर्देशकको पद खुला प्रतिष्पर्धाका आधारमा छनोट गर्नुपर्ने भएकाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रितपूर्वक दरखास्त दिन आह्वान गरिएको छ ।

दरखास्त दिने मितिसम्म ४५ वर्ष पुगेको र ६० वर्ष उमेर पुगेको, कुनै राजनीतिक दलको सदस्य नभएको लगायत योग्यता तोकिएको छ ।

कार्यकारी निर्देशकको पदावधि ५ वर्षको हुने र पदावधि पूरा हुनु अगावै पदबाट हटाउन सकिने व्यवस्था छ ।

कार्यकारी निर्देशक हुन इच्छुक व्यक्तीले व्यवसायिक कार्ययोजनाको विषय एवम् ढाँचा पेश गर्नुपर्नेछ भने मान्यताप्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ व्यवस्थापन, वित्त, वाणिज्यशास्त्र, कानून, जनप्रशासन वा अर्थशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ ।

 


क्लिकमान्डु