माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस खेलमा आज १० खेल हुँदै



काठमाडौं । काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेलमा आज कुल १० खेल हुदैछन् ।

तेस्रो दिनको लिग चरण अन्र्तगतका ६ खेल हुदैछन् जसमध्ये पहिलो खेलमा भारतिय राजदुताबासको टोली मेगा बैंक बिरुद्ध खेल्दैछ भने दोस्रो खेलमा नेपाल लाईफ इन्सुरेन्स र प्राईम बैंक आमनेसामने हुदैछन् । त्यस्तै तेस्रो खेलमा मेगा बैंक र सिप्रदी, चैथो खेलमा कामना सेवा बिकास बैंक र कुमारी बैंक, पाचौँ खेलमा माछापुच्छ्रे  बैंक र सनराईज बैंक तथा लिग चरणको अन्तिम खेलमा सिप्रदी र भारतिय राजदुताबासको टोली एकआपसमा प्रतिस्पर्धा गर्नेछन् । लिगचरण खेल पछि आजै नकआउट चरणका ४ खेल पनि कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट ग्राउण्डमा हुनेछन् ।

हिजो भएको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात पारेका छन् ।


क्लिकमान्डु