कृष्णबहादुर महरा विरुद्धको मुद्दामा बहस सकियो, फैसला भोलि आउने
काठमाडौं । बलत्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरा विरुद्धको मुद्दामा बहस सकिएको छ ।
तर, समय अभावका कारणले फैसला भोलि मात्रै आउने जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
महराका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी बराल, दिनमणी पोखरे, सुशील सापकोटा र मुरारी सापकोटाले बसह गरेका थिए ।
संसद सचिवालयकी कर्मचारीलाई बलत्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । उनी असोज १९ गते पक्राउ परेका थिए ।