लगानीको वातावरण बनाउन ३ तहकै सरकारको समन्वय आवश्यक छ- उपाध्यक्ष चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी र विदेशी लगानी आकर्षित गर्न ३ तहकै सरकारले आपसी समन्वयमा लगानीको वातावरण बनाउनुपर्ने बताएका छन् ।

शुक्रबारदेखि शुरु भएको खोटाङ महोत्सवलाई सम्बोधन गर्दै ढकालले नयाँ संघीय संरचना अनुसार ३ तहको संरचनाले व्यवसायिक वातावरणमा समस्या परेको बताउँदै यसलाई समाधान गरेर मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने बताए ।

उनले नेपालको प्रदेश नं. १ जडिबुटी, कृषि, पर्यटन, जलविद्युत, खनिज तथा जैविक विविधतामा धेरै नै सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै यस्तो सम्भावनाका क्षेत्रमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानीहरु भित्र्याउन लगानीमैत्री वातावरण बनाउन आग्रह गरे ।

स्थानीयस्तरमा गरिने यस्ता मेला महोत्सवले स्थानीय सीप तथा उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।


क्लिकमान्डु