सिटिजन्स बैंकद्वारा पोखरामा सि.सि.टि.भी. जडान गर्न आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पोखरामा सि.सि. टि.भी. जडान गर्न उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ । बैकले जिल्ला प्रहरी कार्यालय, कास्कीमा आयोजित एक कार्यक्रमका बीच सहयोग रकम ७५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

बैंक तथा वित्तीय संस्था, सुनचादी पसल र आर्थिक कारोबार हुने व्यबसायिहरुको सुरक्षाको हेतुले पोखरा महानगर पालिकाको पालीका चोक देखि राष्ट्रबैंक चोक सम्म समितिले सि.सि.टि.भी. जडान गर्ने योजना अगाडी सारेको छ ।

सो कार्यले उक्त क्षेत्रमा हुने क्रियाकलापको निगरानीमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । सि.सि.टि.भी. जडान पछि आपराधिक क्रियाकलापको अनुसन्धान गर्न नेपाल प्रहरीलाई सहज हुने कुरा समितिले जनाएको छ ।
शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्नुका साथसाथै अपराध अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई थप हौसला प्रदान गर्नेे विश्वास बैंकले लिएको छ ।

हाल बैंकले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु