अर्थतन्त्रको चिन्ताले रातभर सुत्न सकिँदैनः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रको चिन्ताले रातभर सुन्त नसकेको बताएका छन् ।

अर्थतन्त्र बिगारेको भन्दै जनस्तरबाट आलोचना भइरहेका बेला मन्त्री खतिवडाले आफूलाई पनि चिन्ता लागेको अभिव्यक्ति दिएका हुन् ।

बुधबार अर्थमन्त्रालयमा चालु आर्थिक वर्षको बजेटको मध्यावधी समिक्षा अर्थमन्त्री खतिवडाले विश्वमा कुनै पनि अर्थमन्त्री अर्थतन्त्रको चिन्ताले रातभर निदाउन नसक्ने बताए ।

‘विश्वमा अर्थतन्त्रमा धेरै खाले चुनौति थपिएका छन्, कुनै पनि देशका अर्थमन्त्री ढुक्कले सुत्न सक्ने वातावरण छैन,’ उनले भने ।

लगातारजसो राजस्वको लक्ष्य नपुगेपछि र विकास खर्च पनि गर्न नसकेपछि अर्थमन्त्री खतिवडा केही अतालिएका छन् ।

बुधबार बजेटको मध्यावधि समीक्षा गर्दै खतिवडाले बजेटको आकार पनि घटाएका छन् । यद्यपि आर्थिक वृद्धिको लक्ष्य भने घटाएका छैनन् ।


पुष्प दुलाल