कोरोनासँग मिल्ने बिरामी भेटिएपछि जुगल गाँउपालिकाले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्यो (पत्रसहित )



काठमाडौं । छिमेकी देश चीनमा कोरोना भाइरसका कारण जनजीवन आक्रान्त रहेको छ । त्यसको बाछिटा विभिन्न देशमा पुगेको छ । संसार त्रस्त छ ।

तर पछिल्ला दिनमा सक्रमणको मात्रा भने कम भइरहेको जानकारी पनि आएको छ । तर नेपालको एक जो चीनको सीमाना जोडिएको छ, त्यो जिल्लामा कोरोनाको लक्षणसँग मिल्ने खालको बिरामी फेला परेपछि स्थानीयबासीमा त्रास फैलिएको छ ।

सिन्धुपाल्चोकको जुगल गाँउपालिकामा कोरोनाको लक्ष्णसँग मिल्ने बिरामी भेटिएका छन् । जुगल गाँउपालिकाकाले रोगको पहिचान गरिदिन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । हेर्नोस गाँउपालिकाले गरेको पत्राचार ।

जुगल गाँउपालिकको वडा नं ३ साविक गुम्बा गाविस वडा नं ८ को बस्तीमा यही माघ २७ गतेदेखि हाल विश्वमा फेलिएको कोरोाना भाइरसकको लक्षणसँग मिल्ने रुघा–खोकी र अत्याधिक जरो जस्ता लक्ष्णा देखिएका बिरामी देशा परेका छन् ।

गाँउपालिकाले लेखेको पत्रमा भनिएको छ, कोरोनाको लक्षणसँग मिल्ने खालको लक्षणसहतिका बिरामी देखा परेकाले सो को परिक्षणका लागि विशेषज्ञ टोली खटाई आवश्यक सहयोग गरि दिनुहुन अनुरोध गर्दछौं ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एवम् वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय चौतारालाई पत्राचार गरेका छन् ।


पुष्प दुलाल