डिस होमले ल्यायो डिलर दाईको डिस्काउन्ट अफर, प्रत्येक साता १ लाख जित्ने अवसर



काठमाडौं । डिसहोमले ग्राहकमाझ डिस होममा डिलर दाईको डिस्काउन्ट नामक अफर ल्याएको छ ।

यस अफरमार्फत् ग्राहकले डिलरमार्फत् पैसा पठाउँदा रिचार्ज गरेवापत एड अन प्याकेजसहित साप्ताहिक लक्की ड्रमा भाग लिन पाउनेछन् । जसमध्ये प्रत्येक साता २ जना ग्राहकले १ लाख रुपैयाँका दरले नगद पुरस्कार जित्नेछन् ।

कम्पनीका अनुसार यो अफर माघ २७ गतेदेखि वार्षिक रिचार्ज गर्ने ग्राहकका लागि मात्रै लागू हुनेछ । त्यस्तै, फागनु २ गतेदेखि डिसहोमको शो केस च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे गोलाप्रथाको प्रत्यक्ष प्रसारण गरिनेछ ।

फन्ड ट्रान्सफरमार्फत् वार्षिक रिचार्ज गर्ने ग्राहकहरु यस अफरमा सहभागी हुन सक्नेछन् । समावेश हुने ग्राहकले डिस होमको सेट–अप बक्सको सीएएस आईडीका आधारमा विजेता घोषणा गरिनेछ ।

विजेताको घोषणा डिजिटकाल प्रणालीबाट गरिनेछ । भने अफर नेपालभरी रहेका जुनसुकै डिलरमार्फत् ग्राहकले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी योजनामा सहभागीता जनाउन सक्नेछन् ।


क्लिकमान्डु