विद्युत्को मिटर चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला



काठमाडौं । तपाईले नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको विद्युत्को मिटर अजनावश्यक चलाउनु भएको छ ? वा चलाउने प्रयास गर्नुभएको छ ? यदि छ भने तपाईलाई कारबाही हुन सक्छ ।

पछिल्ला दिनमा विद्युत् मिटरको सिल तोडेर विद्युत् चुहावट गर्नेलाई समेत प्राधिकरणले कारबाहीको दायरमा ल्याएको छ ।

विद्युत् चोरीमा नयाँ–नयाँ खालको उपाय अपनाइएको र ठगी गरेको पाइएपछि प्राधिकरणले देशव्यापी रुपमै मिटर सही छ वा छैन हेर्न थालेको छ ।

मिटर बिगारिएको जानकारी ग्राहकले नै दिएपछि प्राधिरकणले छड्के अनुगमन थालेको छ । प्राधिकरणले पछिल्ला दिनमा शहरी क्षेत्रमा मिटर बिगारेर चोरी भइरहेको जनाएको छ ।

सोही जानकारीका आधारमा प्राधिकरणले ८५ जनाभन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ ।

यो कारबाही गरेको भनेको विद्युत् वितरण केन्द्र टाँडीले हो । साथै वितरण केन्द्रअन्तर्गतका विभिन्न टोल र घरमा छड्के गरी शिल तोडिएको अवस्थामा ५० वटा मिटर जफत गरिएको छ ।

प्राधिकरणले चोरी नियन्त्रणमा भने अभियानात्मक कारबाही गरिरहेको छ । विशेष गरी चोरी नियन्त्रणका लागि प्राधिरकणले स्थानीय प्रशासनको समेत साथ र सहयोग लिएको छ ।

विशेष छड्केमा कारबाहीमा परेकाको मिटर समेत जफत हुने छ । उता प्राधिकरण टाँडीले पनि सो अभियानलाई अगाडि बढाएको छ । कार्यालयले पुराना तार तथा पोल फेर्ने र ट्रान्सफर्मर नयाँ जडान गर्ने काम पनि दू्रत गतिमा अगाडि बढाएको जनाएको छ । टाँडीका स्थानीयवासी रामप्रसाद आचार्यका अनुसार कार्यालयको काम विगतको तुलनामा अत्यन्त सरल र सहजका साथै चुस्तदुरुस्त भएको छ ।


क्लिकमान्डु