नेपाल-चाइना चेम्बर अफ कमर्सले १२ हजार मास्क वितरण गर्ने



काठमाडौं । नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिले मित्रराष्ट्र चीनमा फैलिएपछि नेपालमा १२ हजार मास्क वितरण गर्ने भएको छ ।

नोवल कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भएको भन्दैे १२ हजार मास्क वितरण गर्ने आज एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको हो ।

चीनको हुवेई प्रान्तबाट फैलिएको उक्त भाइरस चीनका अघिकांश प्रान्त तथा विभिन्न मुलुकहरुमा फैलिएको छ । भाइरस फैलिएसंग चीनमा सुरक्षाका लागि माक्स्को माग बढ्दो छ ।

विशेष गरी नेपालसँग सीमा जोडिएको चिनियाँ प्रान्त तिब्बतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको भन्दै चीन तिब्बत चेम्बर अफ बोर्डर ट्रेडलाई सहयोग गर्न लागेको हो ।

उक्त चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।


क्लिकमान्डु